रौतहट । वित्तिय साक्षरता सम्बन्धि तालीम विषयक १ दिने तालिम रौतहटमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर नगरपालिका अन्तर्गत रहेको देव बचत तथा ऋण सहाकारी सस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय हेडौडा, मकवानपुरको सहयोगमा देव बचत तथा ऋण सहकारी लि.गौरको आयोजनामा बित्तिय साक्षरता सम्बन्धि १ दिने तालीम सप्पन्न भएको छ । साना किसान बिकास लघुबित बित्तिय सस्थाको समाजमा रहेको गरिबी हटाउने र आफुले कसरी सानो बिकास गर्ने उदेश्य लिएर आएको थियो । समाजमा कुनै प्रकारको बिकास गर्ने उदेश्य रहेको प्रशिक्षक गुप्ताले बताएका छन ।
समापन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक सरोज श्रीवास्तव र अनिल कुमार गुप्ताले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने समूदायमा गएर तालिम दिएपछि मात्र थाहा हुने बताए। “यो तालिम पूर्वाभ्यास मात्र हो तर यसको परिणाम तपाईंहरुले समूदायमा गएर तालिम दिएपछि मात्र आउनेछ ” गुप्ताको भनाई थियो ।
त्यसैगरी तालिममा सिकेको सिप संस्था र समूदायको लागि सम्पत्ति हुनुपर्ने कुरामा जोड दिए । “तपाईंले सिकेको सिप तपाईंको संस्था र समूदायको सम्पत्ति हुनुपर्छ र यसमा तपाईंहरुले पक्कै ध्यान दिनुहुनेछ ” बताएका छन।
तालिमको मुख्य उद्देश्य समूदायमा रहेका सानाकिसानहरुलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्नका लागि तालिममा देव बचत तथा ऋण सहकारी सस्था अध्यक्ष लालबिहारी साह, अनिल गुप्ता , संचारकर्मी लागायतका सहभागी रहेको थियो ।