रौतहटको श्रीराम सुगर मिल्स संचालन हुने संकेत

188

रौतहट । रौतहटको धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई संचालन गराई उखु किसानहरुको समस्यालाई साधान गर्ने उद्देश्यबाट सक्रिय रहेका उखु संघर्ष समिति रौतहटको आन्दोलनले सकारात्मक रुप लिदै गएको संकेत देखा परेका छन् ।

रौतहटको गरुडामा अवस्थित श्रीराम सुगर मिल्सलाई संचालन गराउन संघर्षरत रहेका समितिको अथक प्रयास पछि उद्योग मन्त्रीले चासो लिदै संचालन पक्षलाई कडाई गरेपछि संचालन गराउने तर्फ अग्रसर भएको संकेतहरु देखा परेका हुन् ।
संघिय साँसद किरण साहको प्रमुख उपस्थितिमा विहिवार सिंहदरवार काठमाडौंमा बसेको बैठकबाट तिन सुत्रिय निर्णयहरु गरिएको छ ।

उद्योगमा भएको आर्थिक संकटलाई हटाउने उद्योगले चर्चेको केही जग्गा विक्री गर्ने, रुग्न उद्योग घोषणा गर्नुपर्ने सरकारलाई दवाव दिने र उखु किसानहरुलाई मिल्स संग आवद्धता हुने गरी संचालन गर्ने निर्णय भएको उखु संघर्ष समितिका संयोजक वृजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार सो बैठकमा रौतहट क्षेत्र नम्वर २ बाट संघिय साँसद किरण साह, विभा साह, रामकुमार भटराई, उद्योगी हितेश गोल्छा, उद्योगी विशाल अग्रवाल, उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, उद्योग मन्त्रालयका सह सचिव विपिन आचार्य, नेपाल बैंक लिमिटेडका महाप्रबन्धक यज्ञमुर्ती बस्याल, उपमहाप्रबन्धक विनोद अधिकारी, संघर्ष समितिका सदस्य मजहर आलम, शाखा अधिकृत कपिलजंग रावलको उपस्थितिमा उक्त निर्णय भएको छ ।

रौतहटको ठूलो एक मात्र धरोहरलाई जोगाउन सबै पार्टीहरु आ आफनो स्थानबाट सहयोग गर्दै आएकै क्रममा बल्ल पाँच बर्ष अघि देखि बन्द रहेका श्री राम सुगर मिल्स संचालन हुने तर्फ केही आशा जागेको बताउदै संघर्ष समितिका संयाजक यादवले हिजो मात्रै उद्योग मन्त्री दामोदर भण्डारीको रोहवरमा उद्योगी र सम्बध सरोकारवाला पक्षले मिल्सलाई जसरी भएपनि संचालन गर्न निर्देशन दिएपछि बैठकहरु सुरु भएको उनले भने । आशा छ आउदो बर्ष देखि श्रीराम सुगर मिल्स संचालनमा आउन सक्ने विश्वास उनले व्यक्त गरे ।