कटहरिया नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा एमडी डाक्टर चौधरी हाजिर

126

रौतहट २७ बैशाख । रौतहटको कटहरिया नगरपालिका -५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा काठमाडौं वीर होस्पिटलका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरीलाई एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाको मेयर अजय प्रकाश र उपमेयर रिता देवीतथा प्रमुख प्रसाशकिय अधिकृत सुरेन्द्र प्रधानले बिहिवार स्वागत गर्दै हाजिर गराएका हुन् ।

बिगत केही दिनदेखि प्राथमिक स्वास्थ केन्द्र का डा. धर्मेन्द्र पटेलले प्राथमिक स्वास्थ्य केन्द्रलाई भाड भैलो अर्थात अस्त ब्यस्त बनाएको गुनासो आएपछि मेयर अजय प्रकाश जयसवालले डा. पटेल लाई कार्यवाही गरि हटाएका थिए ।

स्वास्थ्य जस्तो संबेदनसिल ठाउमा कुनै प्रकारको गल्ती आफुलाई स्वीकार नहुने मेयर जयसवालले बताए ।
नागरिकको स्वास्थ्य संग कुनै पनि व्यक्तिले खेलवाड गरे दण्डको भागी हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष जयराम चौधरी,वडा नं २ का वडा अध्यक्ष हरेन्द्र साह,वडा नं ९ का वडा अध्यक्ष रूपेश यादव तथा कार्यपालिका सदस्य मनोज साहको सहभागिता रहेको थियो ।