एलआइसी नेपाल लिमिटेडको सिओ बदमाशीका कारण विमाधारी तथा अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै

241

रौतहट ।। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका सिओ सहितका उच्च पदस्थ पदाधिकारीहरुको बदमाशीका कारण अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै विमाधारीहरु संग चरम रुपमा धोखाधडी भईरहेको पाइएका छन् ।
एलआइसी नेपाल लिमिटेडलाई नम्वर वन विमा क्षेत्रको कम्पनी बनाउन सिओ सहितका मार्केटिंग हेड प्रकाशबहादुर उपाध्याय, सुचना अधिकारी सुदर्शन गिरी लगायतका पदाधिकारीहरुको गलत नियतको पालनकर्ता तत्कालिन गौर शाखाका प्रमुख विपिनकुमार साहले कयौं फर्जी विमाधारी खडा गरेर बास्तविक अभिकर्ताले दिएको रकम उक्त फर्जीको खातामा जम्मा गरेर अभिकर्तालाई विल्लीबाठ बनाएका थिए ।
उक्त कार्य सन् २०२० तिर गरिएको थियो । तर विगत एक बर्ष अघि उक्त गोरखधन्धाको पोल खुलेको कम्पनीमा कार्यरत उच्चपदस्थ कर्मचारीको बदमाशीको शिकार बनेका अभिकर्ता सत्येन्द्र पाण्डे सहितका दर्जनौ अभिकर्ताहरुले एलआईसी नेपाल लिमिटेडको उक्त गलत कार्यलाई सच्याई सहि कार्य गर्न पटक पटक अनुरोध गर्दा समेत अटेरी गर्न थालेपछि शाखा कार्यालय सहित मधेश प्रदेशको कार्यालयलाई महिनौं सम्म अबरुद्ध बनाएर संघर्ष गरिरहदा पनि कम्पनी समस्या सुल्झाउनमा रतीभरी पनि प्रयास गरिएको देखिदैनन् ।
समस्या सुल्झाउने आडमा पटक पटक सूचना अधिकारी गिरी सहितका पदाधिकारीहरु फिल्डमा आएपनि नियत साफ नहुँदा समस्या दिनानुदिन बल्झिदै गए । एलआइसी नेपाल लिमिटेडबाट पीडितहरु झन् पीडित बन्दै गए । समस्या जसकी तसनै रहेको पीडित सत्येन्द्र पाण्डेले तराई टप संग भने । समस्या समाधान गर्न गराउन गौर शाखाका प्रमुख रामप्रमोद यादव सहितका कर्मचारीहरुले गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय गौरमा अभिकर्ता पाण्डेको ९५ जना विमाधारीको रकम अन्यत्र जम्मा भएको स्वीकार्दै उक्त समस्यालाई चाँडै समाधान गर्ने लिखित रुपमा सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगर्न उच्च पदस्थ अधिकारीको निर्देशनमा हाल सम्म समस्या उस्तै रहेको गुनासो पाण्डेले गरे ।
करिव ८० लाख रुपैया मेरो मात्रै गमन गरेको छ, म जस्तै दर्जनौं अभिकर्ताहरु संग यस्तै कार्य गरेको हुँदा कतिपयले घरजग्गा विक्री गरेर विमाधारीको रकम फिर्ता गरेका छन् भने आफूले कहाँबाट गर्ने अव एउटै विकल्प हो नमरुनजेल सम्म एलआइसी नेपालको गोरखधन्धा विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने चेतावनी दिए ।
उनले भन्छन् भारतीय जीवन विमा कर्पोरेशनको ५५ प्रतिशत सेयरमा संचालित एलआइसी नेपाल लिमिटेडका सिओमा भारतीय नागरिक प्रणय कुमार समक्ष विगत ९ महिना अघि समस्या पुगेको तर उनी समस्या सुल्झाउने तर्फ इमान्दार नभई एलआइसी नेपाल लिमिटेडलाई बदनाम गराउनमा व्यस्त रहेको अभिकर्ता पाण्डेले गम्भीर आरोप लगाए ।
समस्या समाधान नगरेर मार्केटिंग एचओडी रहेका प्रकाशबहादुर उपाध्यायाले कम्पनीका सिओ प्रणय कुमारको नक्कली हस्ताक्षर गरेर विना चलानीको मेरो अभिकर्ताको कोर्ड निलम्बन गर्ने पत्र पठाएको प्रति गम्भीर प्रश्न चिन्ह् खडा गर्दा समेत जालसाजी एवं गैरकानुनी कार्य गर्नै एचओडीलाई कारवाही समेत नगरिनु कतिको गैरकानुनी कार्य रहेको उनले प्रश्न गरे । उलने भने वित्तिय क्षेत्रमा यस्ता गैर कानुनी कार्य गर्नेहरु माथि विमा प्राधिकरण देखि लिएर नेपाल राष्ट्र बैंक समेतले कारवाही गर्नुपर्ने थियो, के गर्ने यो नेपाल हो यहाँ जति अनियमतिता गरे, गैर कानुनी कार्य गरे, भ्रष्टाचार गरेमा त्यसलाई सबै कार्य गर्न छुट रहेको छ कारवाही एवं सजाय सर्वसाधारण एवं निमुखा जनतालाई मात्रै हुने गरेका छन् । पुन असोज महिनामा एक पत्र मार्फत मलाई र गौरका तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहलाई निलम्बन गरेर कारवाहीको नाटक मंचन गरिएको निलम्बीत अधिकर्ता एवं लायन सत्येन्द्र पाण्डेले भने । कारवाहीको नाममा विपिनलाई राजविराजबाट झापा, पुनः राजविराज र अहिले पोखरामा कार्यरत रहेका छन् तर मेरो लाखौं रुपैया माथि चुना लगाउनेलाई प्रोत्साहन र मलाई कारवाही गर्ने यस्ता सिओ, मार्केटिंग एचओडी, सूचना अधिकारी सुदर्शन गिरी, गौर शाखाका प्रबन्धक रामप्रमोद यादव, मधेश प्रदेश प्रमुख सुजित ठाकुर लगायतका पदाधिकारीहरुलाई कानुनी कारवाही नभए सम्म एलआईसी नेपालमा व्यप्त वेथितीको अन्त्य नहुने विमाधारीहरुको रकम असुरक्षित हुने समेत पाण्डेले गम्भीर आक्रोश व्यक्त गरे ।
यहाँ सम्म की विमा कम्पनीलाई निगरानीमा राख्न एवं त्यसमा भएका अनियमति कार्यलाई निष्तेज पारी आम नागरिकका रकमलाई सुरक्षा प्रदान गराउने कार्यमा संलग्न नेपाल विमा प्राधिकरणले पनि ठोस पहल नगरेकोमा उनी दुख व्यक्त गरे । त्यती मात्रै नभई एलआइसी नेपालको यस्तो हर्कतबारे मधेश प्रदेश सरकार, संघिय सरकारको गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, राष्ट्रपति कार्यालय, प्रहरी प्रधान कार्यालय, भारतीय दुतावास लगायतका सम्बध निकायमा उजुरी पठाइसकेको भएपनि समस्या समाधान हुन सकेका छैनन् उनले भने ।
आज सोमवार काठमाडौं केन्द्रीत आन्दो्लनमा सरिक बन्न पीडित अभिकर्ता संघिय राजधानी काठमाडौं पुगेका छन् । यहाँबाट पनि समस्या समाधान नभए एलआइसी नेपाल लिमिटेडको केन्द्रीय कार्यालय अगाडी नै धर्ना अनसन कार्यक्रम गर्ने समेत उनले चेतावनी दिए ।