स्वास्थ्यकर्मी संघर्ष समितिले सभामुखलाई ज्ञापनपत्र बुझायो

122

रौतहट — रौतहटको सदरमुकाम गौरमा आयोजित १२औं महिला साइकल दौड प्रतियोगिताको अवसरमा सि.अ.हे.व/सि.अ.नमी पाचौं तहका स्वास्थ्यकर्मी संघर्ष समितिले मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई ज्ञापनपत्र बुझाएको छ।

संघर्ष समितिले मधेश प्रदेश सरकारद्वारा २०८१ भदौ ७ गते राजपत्रमा प्रकाशित स्थानीय सेवा गठन ऐन तथा संचालन ऐन र कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि प्रभावित हुने भन्दै ऐन संशोधनको माग गरेको छ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको दौरान संघर्ष समितिका संयोजक काशी साह, सह-संयोजक अनिता यादव, कोषाध्यक्ष संजीव कुमार साह, सदस्यहरू पवन कुमार पटेल र राजेश कुमार साह लगायत अन्य सदस्यहरूको उपस्थितिमा सभामुख मण्डललाई ज्ञापनपत्र बुझाइएको हो।

संघर्ष समितिले आफ्नो जायज माग सम्बोधनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि सुनिश्चित गर्न आवश्यक कानुनी संशोधनको माग गरेको छ।