एलआईसी नेपाल लिमिटेडको भित्र गोर्ख धन्दा सबप्रमाण सार्वजनिक,निकाय मौन

81

काठमाडौं । एलआईसी नेपालले ठगि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । एलआईसी नेपालले ९५ जना बीमितको ९३ लाख रुपैयाँ बराबर ठगि गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको हो । पीडितहरुका तर्फबाट सत्येन्द्र पाण्डेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष निवेदन दिएका हुन् । उजुरीकर्ताहरुले आफ्नो रकम फिर्ता नपाए आत्मदाह गर्ने चेतावनी पनि दिएका छन् ।

कम्पनीले बिमितहरुसँग बीमाको प्रिमियम लिएको तर पोलिसी जारी नगरेको उनीहरुको आरोप छ । यसै बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा बीमितहरुको रकम फिर्ता गर्ने सहमति गरेर पनि कम्पनीले त्यसको पालना नगरेको दावी पनि गरेका छन् । ‘सहमति कार्यान्वयन नगर्ने, उल्टै मानसिक दबाब दिने, धम्काउने, नाटकीय प्रेस बिज्ञप्ति जारी गरी चरित्र हत्या गर्ने, नक्कली पत्र तयार पार्ने जस्ता अमानविय कार्य गरेको सप्रमाणहरु फेला पारिसकेको छ ।’ पाण्डेले निवेदनमा लेखेका छन् । त्यस्तै राजेन्द्र महत क्षेत्रीका ॠण रकम कम्पनिले ४ वर्ष लगाएर नेपाल बिमाप्राधिकरण समानिय उच्च अदालतमा पुर्ण रिट गरि सबै ठाउँमा क्षेत्रीले नै जित हासिल गरि मान्सिक तनाव झन्झट प्रक्रिया मिटर ब्याजी जीवन र अमुल्य समय खर्च गरि मुलधन मात्र कम्पनीले फिर्ता गरेको सब प्रमाण फेला परेका छन यस्ता गौरकानुनी कम्पनीले दर्जन बढीमा कम्पनीले हार सिकारेका छन ।

दुई नियमकको छानविन जारी

एलआईसी नेपालमाथि दुई नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको छानविन जारी छ । हकप्रद सेयर जारी गर्ने सूचना लुकाएर इन्साइडर ट्रे्डिङ गरेको आरोपमा धितोपत्र बोर्डले छानविन गरिरहेको छ । एलआईसी नेपालका सञ्चालक र उच्च व्यवस्थापकले हकप्रद सेयरको सूचनामा गडबडी गरेर पुँजी बजारमा आवश्यक चलखेल गरि इन्साइडर कारोबार गरेको आरोपसहित बोर्डमा उजुरी परेको थियो ।

त्यस्तै, एजेन्टको कमिसन हिनामिना गरेको लगायतका आरोपमा नेपाल बीमा प्राधिकरणले पनि कम्पनीमाथि छानविन गरिरहेको छ । प्राधिकरणको छानविन समितिले कम्पनीको मधेश प्रदेश कार्यालय जनकपुरमै पुगेर स्थलगत अनुगमन तथा छानविन गरेको थियो । त्यसको प्रतिवेदन तयार भैरहेको छ ।

हकप्रद सेयरका नाममा इन्साईडर ट्रेडिङ गरेको भन्दै कम्पनीको उच्च ब्यवस्थापन र संचालक समितिमाथी छानबिन गरि कार्वाही गर्न माग गर्दै पुस १ गते बोर्डमा ७१४५ नम्बरमा उजुरी दर्ता भएको थियो । कुमार बहादुर आचार्यले दर्ता गरेको उजुरीमा विभिन्न ८ बुँदामा इन्साइडर कारोबार गरेको दावी गरिएको छ । कम्पनीको उच्च ब्यवस्थापन र संचालकहरुले हकप्रदका नाममा ३२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर १८ सय रुपैयाँसम्म पुर्याएको भन्दै त्यसको विवरण समेत समावेश गरिएको थियो ।

प्राधिकरणले एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्ने अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र जवाफ पेश गर्न मंसिर १५ गते पत्र लेखेको थियो । एलआईसीले मंसिर २२ गते पत्र लेख्दै नेपाल धितोपत्र बोर्डका कारण हकप्रद सेयर जारी गर्न ढिलाई भएको स्पष्टीकरण दिएको हो । जबकी २०८० असार १५ गते बीमा प्राधिकरणबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको कम्पनीले २०८० असोज २९ गते मात्रै बोर्डमा अनुमतिका लागि आवेदन दिएको थियो ।

प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने अनुमति खारेज गर्न लागेको सूचना पाएपछि कम्पनीले मंसिर १३ गते मात्रै बोर्डलाई पत्र लेखेर हकप्रद सेयर जारी गर्ने प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी) को ५५ प्रतिशत, बिशाल ग्रुपको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।