सडक छेउमा हाल नामथर वतना नखुलेको पुरुष ब्यक्ति मृत अवस्था फेला

694

रौतहट १३ भदौ । रौतहटको सदरमुकाम गौर नगरपालिका वार्ड न १ कानु टोल स्थित भित्रि सडक छेउमा अचेत अवस्थामा फेला परेका ब्यक्तीको मृत्यू भएको छ ।
बुघवार दिउँसो करिव २ बजे नामथर वतन नखुलेको अन्दाजी ३५।४० बर्षको पुरुष अचेत अवस्थामा फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल गौर लगी चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकलाइ कोही कसैले चिनेमा आफ्न्तलाई वा प्रहरीलाइ खवर गरी दिन जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ ।