लाइफ इन्सोरेन्स कर्पोरेशन नेपाल लिमिटेडको अनियमित कार्यको सार्वजनिक

268

रौतहट । लाइफ इन्सोरेन्स कर्पोरेशन नेपाल लिमिटेडको अनियमित कार्यको सार्वजनिक हुँदै गएपनि सम्बध निकाय मौन बसेका छन् ।
महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका वडा नम्वर २ का सुनिलकुमार यादवले १६ जुलाई २०२० मा नयाँ विमा लेख धारी एलआइसी नेपाल लिमिटेड अन्तर्गत नयाँ विमा जारी गर्न आवश्यक प्रक्रियाद्धारा ४ वटा बिमा लेख गराएको तर तिन वटाको मात्रै कागजात उपलब्ध गराएको बाँकी १ वटाको अभिलेख एलआइसी नेपाल लिमिटेडमा नदेखिदा आफूलाई निकै आश्चर्य चकित बनाएका हुन् ।
विमा लेख यादवले नेपाल विमा प्राधिकरणलाई पठाएको निवेदनमा चार वटा विमा लेख मध्ये ६० हजारको २५०७१९१५९ नम्वरको खातामा रकम जम्मा नगरेको देखिएपछि एलआइसी नेपाल लिमिटेड गौर शाखामा बुझ्दा डिजिटल प्रणालीमा खाता नै रिजेक्ट देखिदा मैले जम्मा गरेको रकम किन हाल सम्म फिर्ता गरिएन उनले प्रश्न उठाए । निकै विश्वासका साथ विमा खाता खोलिन्छ तर एलआइसी नेपाल विमाधारक माथि अलिकतिपनि सम्बेदनशिल नदेखिएको गम्भीर आरोप यादवले लगाए ।
एलआइसी नेपाल लिमिटेडको गौर ब्रान्चका तात्कालिन प्रमुख विपिनकुमार साहको कार्यकालमा सयौं विमाधारकहरुले राखिएको रकम हिनामिना गरिएको श्रोतले दाबी गरेका छन् । श्रोतका अनुसार तात्कालिन प्रबन्धक साह एउटा मोहरा मात्रै रहेको बुझिन्छ । उनीबाट तात्कालिन एलआसी नेपाल लिमिटेडका सिइओ अभिजित घोषको निर्देशनमा एलआइसीलाई नेपालमा नम्बर वन बनाउने चक्करमा गलत कार्यहरु गरिएका थिए । तर गल्ति गर्ने एलआइसी नेपाल त्यसको मार खेप्ने विमा धारक र एजेन्ट किन ? नेपाल राष्ट्र बैंकको विमा वित्तिय शाखाले अहिले सम्म एलआइसी नेपालको गोरखधन्धा गराउनेलाई कारवाही नगर्दा विमाधारकहरु निकै मर्माहतमा पर्दै गएको गुनासो गरे ।
गौर आँखा अस्पताल पुरेनवामा कार्यरत रहेका शेख अब्दुल कलामले चार लाखको विमा गराएका थिए । गौर आँखा अस्पताल पुरेनवा गौरले कर्मचारीहरुलाई विमा गराएका थियो । सोही विमालाई कलामले १३ बर्ष सम्म निरन्तरता दिएका थिए तर २०७६ फागुन २३ कार्यालय समयमै क्यानसरबाट मृत्यु भएको थियो । मृत्यु भईसकेपछि कलामको परिवारले पाउनुपर्ने रकमको लागि आवश्यक कागजातहरु एलआइसी नेपाल लिमिटेड गौर शाखालाई बुझाइसकेको बताउदै निजका छोरा मोह्म्मद शमसाद आलमले पटक पटक कार्यालयमा जाँदा हाल सम्म विमाको रकम प्राप्त हुन नसकेको गुनासो गरे ।
सोही सम्बन्धमा आलम शुक्रवार गौर ब्रान्चमा निवेदन लिएर जाँदा अहिले सम्म किन विमाको रकम नदिएको होला भन्ने प्रश्न गर्दा, हामी अनुसन्धान गर्दैछौं, अनुसन्धान सकेको छैनन भनेर जवाफ दिदा आफू आक्रोशित बन्दा शाखा प्रबन्धक प्रमोदकुमार रायले बढ्ता नकराउ नत्र प्रहरी लगाएर बाहिर निकाल्न लगाउछौ भनेर धम्की दिए ।
शाखा प्रबन्धक भएर पिडितलाई सहयोग गर्नुका साथै धम्की दिने कार्य गरेकोमा निकै दुख लागेको बताउदै आलमले वुवा वितेको झण्डै चार बर्ष हुन लाग्यो अहिले सम्म एलआइसी नेपाल लिमिटेडले अनुसन्धान नै गरिरहेको कार्यबाट आफूलाई निकै दुखी हुँदै बाध्य भएर नेपाल विमा प्राधिकरणमा निवेदन पठाएको पिडितले बताए ।

एलआइसी नेपाल लिमिटेडका शाखा प्रबन्धक प्रमोदकुमार राय संग ९८५१३६५५२३ मा फोन गरेर ग्राहकलाई किन अभद्र व्यवहार गर्नुभयो भने सोध्दा आफुले मानमर्दन हुने गरि कुनै अपशब्द प्रयोग नगरेको बताए ।