रौतहट ८ कार्तिक । रौतहटको सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शलेश मन्दिरको आज सोमबार शिलान्यास गरेका छन् । गौर नगरपालिकाको वार्ड नम्बर २ मा रहेको पासवान टोलमा शलेश मन्दिरको शिलान्यास गरेको छ ।
नगरपालिकाको लगानीमा निर्माण हुन् लागेको मन्दिर निर्माणको लागि टोलका स्थानियहरुले लामो समय देखि मांग गर्दै आएका थिए मन्दिर बन्न लागेपछि स्थानियहरुले खुसि व्यक्त गरेका हुन् ।
पछिल्लो समयमा बिकाश निर्माण का गतिविधिलाई तीव्रता दिएका नगर प्रमुख गुप्ताले शलेश मन्दिरको निर्माणले सामाजिक सदभाव कायम गर्न मदत पुग्ने बताए । शिलान्यास कार्यक्रममा वडाअध्यक्ष श्यामसुन्दर पटेल, राकेश कुमार झा, मजहर खान, रामस्वार्थ यादव, शेख जमशैद ,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।