रौतहटमा दाइजोको कारण बुहारीलाई हत्या गर्ने प्रयास

713


दिलीप पाण्डेय रौतहट ४ जेठ । रौतहटको राजदेवी नगरपालिका वार्ड न.१ पथरा टोलमा एक सुको दाइजो नदिएको भन्दै सासु ससुरा र नन्द समेतले आफनै बुहारीलाई हत्या गर्न प्रयास बिफल भएको समाचार प्रकाशमा आएको छ । सो नगरपालिकाका वार्ड १ बस्ने ससुरा जितेन्द्र यादब श्रीमान रमेश यादब नन्द रिकु यादब जेठाजु उमेश यादब समेतले पिडित मनिषा यादबलाई निर्घात कुटपिट गरी घाटी नै थिच्न प्रयास गर्दा जान समेत मार्ने नियतले सो घटना घटाएको स्थानियहरुले बताउ छन ।

बिगत ४ वर्ष अधि श्रीमान रमेश यादबसंग पिडित मनिषा यादबले आफनो घरपरिवारको बिरुधमा प्रेम विवाह गरेकाी थिइन ।
सो क्रममा दुई वर्षसम्म वैवाहिक जिवन राम्रै बित्दा पनि सासुससुरा बिरोध गर्दै आइरहेको थियो । एक सुको दाइजो नदिएको भन्दै सासुससुराले बरामबार छोरा रमेश यादबलाई अर्को बिहे गर भनि निर्देशन दिदै दाइजो र बुहारी पनि राम्रै आउछन यस्ता बुहारीलाई छोडेमा पनि केहि हुदैन ,तिमी अर्को विहे गरेमा केटी पनि राम्रो र दाईजोको सरसमान लागयात रुपैया पैसा पनि टन्न आउछ भनि छोरालाई बिभिन्न लोभ देखाई आफनो पक्षमा पार्न सफल भयो ।

त्यस पश्चात पिडितको श्रीमान रमेशले पनि आफनै श्रीमती मनिषालाई अवहेलित गर्न सुरु गरे । यता डेढ वर्षदेखि तिमी मेरो श्रीमती होइन, सम्बन्ध बिछेद गर नत्र म आफै सम्बन्ध बिछेदको मुदा दिन्छु भनेर डराउन सुरु गर्यो । समय बितदै गयो अहिले समानिय गौर जिल्ला अदालतमा सम्बन्ध बिछेद तथा अन्य मुदाहरु बिचाराधिनमा रहेको पिडितले बताइन ।

त्यसैक्रममा आज दिउसो १ बजे ससुरा पटिका सम्पूण सदस्य मिलि हत्या नै गर्ने प्रयास गरेकोले यस्तो जघन्य अपराध गर्ने ब्यतिmहरु माथि कडा भन्दा कडा कार्यवार्हीको माग स्थानियहरुले गरेका छन ।