गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताद्वारा आधारभूत विधालयको उद्घाटन

82

पुस २२ राैतहट ।। रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई सहज बनाउने उदेश्यले नगरप्रमुख अजय गुप्ताको विशेष पहलमा आधारभूत विधालयको भवनको निर्माण गरि उद्घाटन गरियेका छन । निर्मित आधारभूत विधालयमा स्वचालय,खानेपनि लगायत सबै सेवाहरु उपलब्ध रहेको छ ।

कार्यक्रममा आफनो मन्तब्य राख्दै शिक्षा मानिसको दोस्रो आखा हो जसलाई देखनेगरि बनाउने हाम्रो लक्ष्य रहेको र आजको समयमा शिक्षा नभएको मानिसको जीवन धेरै कस्टकर हुन्छ तर म यस्तो हुनेदिने छैन । शिक्षा नैसर्गिक अधिकार हो जसबाट कोहि पनि बन्चित हुनुपर्दैन भन्ने हाम्रो चाहना र लक्ष्य रहेको नगर प्रमुख गुप्ताले बताएको छ ।

गौर न. पा.को आर्थिक सहयोगमा वडा नं.९ सिरसियामा बनेको नवनिर्मित आधारभूत विद्यालायको आज बिहीवार औचारिक कार्यक्रम बिच उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा नगरप्रमुख अजय गुप्ता , नगर नि.प्र. प्र . अधिकृत सुभाष कुमार ठाकुर ,योजना तथा जिन्सी प्रमुख जितेन्द्र भारती,सूचना तथा प्रविधि प्रमुख रोशन श्रीवास्तव लगायत वडा न . ९ का वडा अध्यक्ष मोहन कु . सिंह ( राजेश ) नगरका जनप्रतनिधि विभिन्न वडाका वडा अध्यक्षहरु युवा नेता ओमप्रकाश शाह मदेशिया, तिर्भुवन ओझ, कार्यालयका कर्मचारी , समाजसेवी ,सुरक्षाकर्मी ,संचारकर्मी साथै बुद्धजीविहरुको उपस्थिति रहेको थियो ।