चन्द्रज्योती क्रान्ती होस्पिटल प्राली बंकुल बजारको वार्षिकोत्सब उपलक्ष्यमा एक दिने निशुल्क बृहत शिविर संचालन

325

रौतहट ,१८ श्रावण ।चन्द्रज्योती क्रान्ति होस्पिटल प्रालीद्वारा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरिएको छ।
चन्द्रज्योती क्रान्ती होस्पिटल प्राली बौधिमाई नगरपालिका -७ बंकुल बजारको प्रथम वार्षिक उत्सवको अवसरमा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरेको हो।
होस्पिटलको वार्षिकोत्सबको उपलक्ष्यमा यस क्षेत्रका आमजनमानसको स्वास्थ्यलाई ध्यानमा राखि विभिन्न कार्यक्रम संचालन गरि पूर्णरूपमा लाभलिन आमजनतामा सुचित पनि गरिएको थियो।
श्रावन १८ गते बिहीबारका दिन विहान ८ बजे देखि अस्पतालद्वारा आयोजित निशुल्क शिविरमा ५ वटा कार्यक्रम गरिएको छ।
आत्महत्या रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम , रक्तदान कार्यक्रम, एकदिने निशुल्क विशेषज्ञ शिविर, एक दिनको लागि सम्पूर्ण जांचमा ५०% छुट र एक दिनको लागि डाक्टरले पुर्जामा लेखनु भएको औषधिमा १०% छुट
गरिएको चन्द्रज्योति कान्ति होस्पिटल प्रा. लि.का मेडिकल डाइरेक्टर डाक्टर अमरेश कुमार यादवले जानकारी दिएका हुन् ।
उक्त अस्पतालमा डा.महेश कुर्मी ,मेडिसिन सर्जन एकलाख रहमान ,स्त्रीरोग विशेषज्ञ डा.बबिता चौधरी ,फिजिसियन डा.अमेश यादव लगायतका चिकित्सकले शिविरमा आएका ३००जना विरामीहरुलाई स्वास्थ्य चेकजाँच गरेका छन् ।
नेपाल रेड क्रोस सोसाइटी गौर, रौतहट शाखा अध्यक्ष धर्मेन्द्र पटेलले चन्द्रज्योती क्रान्ती होस्पिटल प्रालीलाई प्रसंसा पत्र प्रदान गरेका थिए।