सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला

153

जनकपुरधाम १७ असार। सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए ।

प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए । ‘बच्चाको पहिला नै मृत्यु भइसकेको रहेछ, आमा अझै बेहोस् छिन्’, यादवले भने, ‘उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पु¥याइएको छ ।’

‘प्रारम्भिक चरणमा बुझ्दा ती महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । अन्य के कारण हो त्यो बुझ्दैछु’, डीएसपी यादवले भने । डीएसपी यादवका अनुसार घट्नास्थलमा राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ ।अनलाइनखबर