रौतहट // माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ ।
४५ करोडको बजेट सहित माधव नारायण न।पा। नगर प्रमुख बैजु यादवले आर्थिक वर्ष २०७९।०८०को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सातौ नगरसभा सम्पन्न गर्नु भएको हो । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूको समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ ९बैजु० यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख बैजनाथ यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।
नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक समाजको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।