कटहरियाको छैठौं नगरसभा सम्पन्न

530

रौतहट // रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा नगर सभा सम्पन्न भएको छ । सो नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप आज बजेट सार्वजनिक भएको हो । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ३६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९/८० का लागि ३६ करोड ८९ लाख ६२ हजार रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भयो । यस वर्ष शिक्षा, कृषि लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको वहाँले बताए ।

नगरभित्रको सामुदायिक विधालयहरुमा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने,बालविकास शिक्षकहरु,खरिददार सरहको शिक्षक र पियनलाइ पाइरहेको तलबमा प्रोत्साहन स्वरुप मासिक २ हजार दिइने जस्ता धेरै महत्वपूर्ण योजनाहरु ल्याइएको छ । नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरीने उनले बताए । आउँदो आ.व. २०७९/*०८० का लागि खर्च व्यहोर्ने श्रोततर्फ आन्तरिक आय रु एक करोड मात्र,संघीय सरकारको वितिय समानिकरण अनुदान तर्फ रु ११ करोड ५८ लाख ७० हजार,संघिय राजश्व बाँडफाँड अनुदान ९ करोड ७२ लाख ३० हजार,वितिय समानिकरण प्रदेश सरकार ९१ लाख ६२ हजारशशर्त अुदान प्रदेश सरकार ३० लाख,विशेष अनुदान प्रदेश सरकार ३० लाख,समपूरक अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजश्व १ करोडको सिमा भित्र रहि निति तथा कार्यक्रम तथा बजेट विनियोजन गरिएको छ । नगर उपप्रमुख रिता देवि सहित सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु,पत्रकारहरूको उपस्थिती रहेको थियो ।