भारतीय गाडीको ठक्करबाट बारामा २ जनाको मृत्यु

368

बिरगंज १३ माघ । बाराको सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगन्ज कलैया सडकखण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल गम्भीर रुपमा घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो । नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो ।

नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ठक्कर दिई फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।