सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण

1024

एजेंसी  –  दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको जनाउँदै घरमै आइसोलेशनमा बसेको बताएका छन् ।

सावधानी अपनाउँदा अपनाउँदै पनि मेरो कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । म स्वास्थ्य मापदण्ड पालना गरेर अहिले घरमा आइसोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैलाई स्वास्थ्य परिक्षण गर्न म अनुरोध गर्दछु,’ महेश बाबुले भनेका छन् ।

उनले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्न समेत अनुरोध गरेका छन् । उनले कोरोनाको जोखिम कम गर्न तुरुन्त खोप लगाउन अनुरोध गरेका छन् ।

भारतमा पछिल्लो चौबिस घण्टामा एक लाखभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको छ ।