गौर नगरपालिकाद्वारा नगर प्रमुख गुप्ताले करिब १२ सय जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरे

1151

राैतहट । गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ । राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने कार्यक्रम आज (शुक्रवार) सु-सम्पन्न भएकाे हाे । अन्तिमचरणमा आज गाैर नगरपालिका- ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाबाट सम्मानित गरिएको छ ।

गौर नगरपालिकाद्वारा संचालन गरेको सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले करिब १२०० जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । सम्मान हुनेमा समाजिक सुरक्षा भत्ता लिइरहेका नागरिक पनि समावेश रहेकाे नगरप्रमुख गुप्ताले जनाएकाे छ । वडा ५ का अध्यक्ष रामस्वार्थ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । प्रत्येक वडाका ज्येष्टलाई समानरुपले समाग्री बितरण गरिएकाे हाे ।

नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । गाैर नगरपालिकाले सञ्चालन गरेकाे न्यानाे वितरणमा करिब १२ ज्येष्ठ नागरिक सम्मान भएका हुन् । यस अभियान समापन भएपछि अब हिन्दु मुस्लिम धर्मावलीका सक्क्षम वृद्धवृद्धालाई तिर्थ भ्रमण गराउने समेत याेजना रहेकाे नगरप्रमुख अजय कुमार गुप्ताले बताए । यस्ता सम्मान जनक अभियानबाट अरु पालिकाले पनि सिख लिनु पर्ने केही ज्येष्ठ नागरिकहरुकाे भनाइ रहेकाे छ ।