राजदेवीका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन

611

रौतहट २७ मङ्सिर ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।
विद्यालयले नियम विपरित विभिन्न बहाना बनाएर नियमावली विपरित चर्को शुल्क उठाएको भन्दै ११ बुंदे माग राख्दै प्रदर्शनमा उत्रेको हो ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि शुल्क नलिन प्रतिवन्ध लगाए पनि त्यस व्यवस्थाको उलंघन गर्दै विद्यालयका प्रध्यानाध्यापक प्रभाश ठाकुर ले शुल्क लिने गरेको विद्यार्थी हरुले आरोप लगाएका छन् ।
नगरपालिकाको मातहतमा विद्यालय गइ सकेके पछि विद्यालयहरुको अवस्था दैनिय बन्दै गएको छ । नगरपालिकाका जिम्मेवार व्यक्तिले नियमित रुपमा अनुगमन निरीक्षण नगर्दा विद्यालयमा बेथितिको अवस्था सृजना भएको अभिभावकहरुको गुनासो रहेका छन् ।
समयमा विद्यालय नआउने शिक्षकहरु विद्यालय आएपनि बाहिरबाट उपस्थति जनाएर फर्किने गरेको विद्यार्थीहरुको कथन रहेको छ । नियमित रुपमा पठन पाठन नहुदा समस्या भएको विद्यार्थीहरुको भनाइ रहेको छ । विद्यालयको अवस्था सुधार गर्नमा नगर शिक्षा संयोजकले लापरवाही गरेको उनिहरुले बताएका छन् ।
विद्यालयमा बढेको अनियमिता तथा शिक्षकहरुको मनोपोलीको विरुद्ध आन्दोलन मा उत्रिएको विद्यार्थीहरुले जनाएको छ । विद्यार्थीहरुले गैर ढंगले उठाएको शुल्क फिर्ता हुनु पर्ने ,कक्षा पुर्णरुपले दैनिक सञ्चालन हुनु पर्ने , प्रयोगशाला लगायत कक्षा कोठाको समेत उचित व्यवस्था हुनु पर्ने,विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने,छात्र÷छात्रा को छुटै शौचालय सञ्चालन हुनु पर्ने ,विषयगत शिक्षकद्धारा पठनपाठन गराउनु पर्ने ,प्रधानाध्यपक, शिक्षक, शिक्षिकाको गौर जिम्मेवारी रवैया परिवर्तन र समयमा कक्षा सञ्चालन हुनु पर्ने माग अघि सरेको छ ।
विद्यार्थीहरुलाई शारिरिक तथा मानिसक रुपले मनोबल उच्च गर्न खेलकुद मैदान तथा समाग्रीको व्यवस्था हुनु पर्ने ,विद्यार्थीलाई पौष्टिकयुक्त खाना÷खाजाको व्यवस्था हुनु पर्ने,हप्ताको एकदिन बादविवाद प्रतियोगित लगायत कलायुक्त कार्यक्रम गराउनु पर्ने सहितको ११ बुंदे माग कार्यन्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।