रौतहट कार्तिक २२ । रौतहट जिल्लाको चन्द्रपुरको होटेल अशोकामा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) द्वारा दोश्रो जिल्ला सम्मेलन एवं छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको दोस्रो जिल्ला सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।
चुनाब समय सम्बन्धि छलफल सहित देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको प्रमुख अतिथि जितेनद्र कुमार झाले बताएका छन् । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल द्वारा हिन्दू धर्मावलम्बीहरूको माहान पर्व शुभ दीपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको कामना पनि बयक्त गर्नु भएका थिए।
जितेन्द्र कुमार झाको प्रमुख आतिथ्यता तथा प्रमोद यादबको विशिष्ट आतिथ्यता एवं नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला संगठनका अध्यक्ष ई. अभिषेक कुमार गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
साे कार्यक्रममा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) रौतहट जिल्ला अध्यक्ष सभापती ई.अभिषेक कुमार गुप्ता, विशिष्ट अतिथि प्रमोद यादव, प्रमुख अतिथि नेपाल बिधुत प्रधिकरणका डि जितेन्द्र कुमार झा, केन्द्रीय उपाध्यक्ष रघुनन्दन ठाकुर, केन्द्रीय महासचिव तपेस्वर यादव, केन्द्रीय सचिव अभिमनु गिरि लगायत सितेश यादव , परवेज खान , दुई न प्रदेशका अध्यक्ष तेजनारायण, प्रदेशको महा सचिव राधा किशन साह, प्रदेश कोशाध्यक्ष अध्यक्ष अरुण यादव, २ न प्रदेशका इन्चार्ज गौरी पन्डित, रौतहट जिल्ला माहा सचिब आलोक साह, रौतहट जिल्ला कोशाअध्यक्ष आशुतोष सिंह सहित ८ जिल्लाको १७५ जाना इन्जिनियरहरुको उपस्थिति रहेको थियो । संस्थाका केन्द्रीय सदस्य ई आर्यन राउतले रौतहट टाइम्सलाई जानकारी दिएका छन ।