करेन्ट लागेर एकजना बालिकाको मृत्यु

1442

रौतहट ।। रौतहटमा करेन्ट लागेर एकजना बालिकाको मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर स्थित रहेको क्रसर उधोगमा वडा ७ का रामेश्वर यादवको १४ बर्षिया छोरी रुबि कुमारीको सनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
घाँस लिनगएकी रुबि कुमारी पानी खान भनेर क्रसर उधोग भित्रको धारा समाउंदा करेन्ट लागेर घटना स्थलमौ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका सई प्रभु प्रसाद साहले बताएका छन।
धारामा जोडिएको मोटर बाट बिधुत करेन्ट प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे थपअनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ । मृतक रुबि कुमारी यादव क्रसर उधोगका संचालक पुर्व सांसद जितेन्द्र यादव सुनिलको गाडी चालक रामेश्वर यादवको छोरी थिईन ।