कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने सरकारको तयारी

1080

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । 

आज बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा खतिवडाले बुस्टर डोज दिन आवश्यक पर्ने थप एक करोड डोज खोप ल्याउन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए ।

समितिमा परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले स्वस्थ व्यक्तिमा दोस्रो डोज खोप लगाएको ३ देखि ६ महिनाभित्र बुस्टर डोज दिन मिल्ने बताए । नेपालमा दीर्घरोगीलाई पहिलो प्राथमिकतामा र त्यसपछि सबैलाई बुस्टर डोज खोप दिनेगरी तयारी अघि बढाइएको पनि डा. कर्णले बताए ।   

अघिल्लो सामग्रीसुचना । सुचना ।।सुचना ।।।
यसपछिको सामग्रीजनकपुरमा विवाहपञ्चमीको रौनक
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।