देवाही गोनाही नगरपालिकाको चौथौं नगरसभा सम्पन्न

1361

रौतहट ,४ कार्तिक । रौतहटको देवाही गोनाही नगरपालिकाको चौथौं नगर सभा सोमबार सम्पन्न भएको छ । समाजिक दुरी कायम गर्दै नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन भएको छ । सरकारले तोकेको अनुसार सबै पालिकाले समयमा नगर परिषद गर्नु पर्ने तर बिभिन्न कारणले हुन नसकेको देबाही गोनाही नगरपालिकाको नगर सभा सोमबार मात्र सम्पन भएको हो । नगर प्रमुख धरमेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०७७ ÷२०७८ मा नगरको समग्र बिकासका लागि ४९ करोड भन्दा बढी आयब्याय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो चौथौं नगर सभाबाट ४९ करोड २ लाख ३४ हजार २९ रुपया बजेट पारित गरेको छ । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय लगायत गरी सो रकम प्रस्तुत गरेको थियो । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेब रामले जानकारी दिनु भयो । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा सबै बडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।