रौतहट १४ गते ।। रौतहटको दुई वटा स्थानीय तहलाई सिल गरिएको छ । बौधीमाई र ईशानाथ नगरपालिकालाई आइतबारदेखि सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको उनले बताए । क्वारेन्टिन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको उनको भनाइ छ।