रौतहटका विभिन्न क्वारेन्टीनमा ११६ मध्ये आएको रिपोर्ट मध्ये १४ जनाको कोरोना निगेटिभ, क्वारेन्टीन मध्ये ४६ जना घर फर्कियो

1147

रौतहट, २८ चैत । रौतहट जिल्ला स्थित विभिन्न क्वारेन्टीनमा रहेका शंकाष्पदहरु मध्ये ११६ जनाको ब्लड स्वाब टेष्टको लागि पठाएकोमा १४ जनाको रिपोर्ट कोरोना निगेटिभ आएको छ ।
जिल्लाको १८ स्थानीय तह मा अस्थायी रुपमा निर्माण गरिएका क्वारेन्टीनमा भारत र विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरी चिकित्सकको निगरानीमा राखिएको मध्ये शुक्रवार सम्म शंकाष्पद मध्ये ११६ जनाको ब्लड स्वाब टेष्टका लागि पठाइएको जस मध्ये १४ जनाको रिपोर्ट मात्रै आएको र सबैको रिपोर्ट कोरोना निगेटिभ रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
हिजो सम्म ६६ र आज ५० जना गरेर ११६ जनाको ब्लड स्वाव टेष्टको लागि पठाएको मध्ये १४ जनाको रिपोर्ट हामीलाई प्राप्त भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्राप्त रिपोर्ट अनुसार १४ जनाको कोरोना निगेटिभ रहेको हुँदा रौतटहबासी सन्तोष पुर्वक घरमै लकडाउनको अवधीमा बस्ने आग्रह गरे । जिल्लाको विभिन्न स्थानीय तहद्धारा निर्माण गरिएको ८३६ वेडको क्वारेन्टीनमा १९ महिला र २१८ पुरुष गरेर २३७ जना रहेका छन् ।
चिकित्सकको निगरानीमा क्वारेन्टीनमा बस्ने अवधी पार गरिसकेका ४६ जनालाई घरमै बस्ने सलाह दिएर क्वारेन्टीनमुक्त गरिएको बताउदै गौर नरसिंग इन्ष्टिच्युटमा रहेका क्वारेन्टीन १८ जना मध्ये १६ जनालाई घर पठाएपछि बाँकी रहेका दुई जनालाई राजदेवी नगरपालिकाको क्वारेन्टीनमा राखिएको तथा गौर नरसिंग इन्ष्टिच्युटमा गौर नपाद्धारा ५० वेडको आइसुलेशन वार्ड बनाइरहेको समेत जानकारी प्रजिअ घिमिरेले दिए ।
प्रजिअ घिमिरेले शंकास्पदहरुको ब्लड स्वाव टेष्टको लागि रौतहट जिल्लाको गौर र चन्द्रपुरमा व्यवस्थापन गर्नका लागि प्रदेश सरकार संग छलफल भईरहेको हुँदा चाँडै उक्त व्यवस्थापन गरी गौर अस्पताल कम्तीमा पाँच वटा भेन्टिलेटर सहितको वेडको व्यवस्थापन गर्न स्थानीय प्रशासन लागि परेको बताए । जिल्लाभरी रहेका क्वारेन्टीनमा कार्यरत चिकित्सकहरुका लागि पर्याप्त पिपिइ र आवश्यक उपकरणहरु प्रदान गरिएको तथा सदरमुकाम गौर र चन्द्रपुरमा रहेका निजि अस्पतालहरुमा आपतकालिन अवस्थामा तयार राख्न व्यवस्थापन भईसकेको प्रजिअ घिमिरेले भने ।
अहिले सम्म रौतहट जिल्लामा लकडाउनको स्थानीय बासिन्दाहरु पुर्ण पालना गरेका कारणबाट कोरोनाबाट जोगिएको गौर सहित जिल्लाको अन्य भेगमा छिटै सेनेटाइजेशन गरिने जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।