रौतहट २४ फागुन । कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उदेश्यले रौतहटको सदरमुकाम तथा नेपाल भारत सिमा क्षेत्र गौर भन्सार कार्यालय नजिक हेल्प डेक्स संचालनमा ल्याएको छ । भारतबाट नेपाल प्रवेश गरेका नागरिकहरुलाई लक्षित गरी गौर नगरपालिकाले शनिबारबाट गौर भन्सार कार्यांलय नजिक कोरोना भाइरस हेल्थ डेक्स संचालनमा ल्याएको हो ।
भारतबाट नेपाल आउदै गरेकोहरुको स्वास्थ्य परिक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी दिएका छन् । बिहान ५ बजेदेखि बेलुका १० बजे सम्म निरन्तर रुपमा स्वास्थ्यकर्मी खटाइने र सो रोगको परिक्षणको लागि तापक्रम नाप्ने मेशिन समेत उपलब्ध गराएको नगर प्रमुख गुप्ताले जानकारी दिएका छन् । यदी त्यस्तो कुनै रोग लागेको भेटिएमा बीरगंज वा जनकपुर उपचारको लाने ब्यबस्था समेत गरेको उनले जानकारी दिए ।
यसैबिच जिल्ला सुरक्षा समिति रौतहटले जिल्ला भित्रमा सार्वजनिक कार्यक्रम आयोजना नगर्न गराउन सार्वजानिक रुपमा अपिल गरेका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा समितिले बढ्दै गइरहेको कोरेना भाइरसको संक्रमणबाट बाच्नको लागि भीड़भाड़ जम्मा हुने गरी कुनै पनि कार्यक्रम सभा, सम्मलेन, गोष्ठी, सेमिनार, महोत्सवलगायतका कार्यक्रम आयोजना नगर्न विभिन्न राजनितिक दल, स्थानीय निकायलाई अपिल गरेको हो ।
बैठकबाट नेपाल र भारत बिच खुल्ला सिमाना रहेकोले आउने होली पर्वमा बाहिरबाट ठूलो भीड़मा मानिस भित्रिन सकने सम्भावना रहेकोले दुवै नाकामा हेल्प डेस्क स्थापना गर्ने निर्णय समेत गरेको थियो । गौर भन्सार तथ बंकुल भन्सार नाकामा गौर नगरपालिका तथा बौधिमाई नगरपालिकाले स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गर्नुपर्ने तथा सचेतना मूलक सुचना प्रसारण गराउनु पर्ने निर्णय गरिएको थियो । भारत बाट फर्किने तथा विदामा आउनेहरुको तापक्रम जाँच गर्ने व्यवस्था मिलाउने दुवै नगरपालिकालाई सुरक्षा समितिले निर्देशन दिएको थियो ।
अर्को व्यवस्था नभए सम्म कार्यक्रमहरु आयोजना नगराउन आग्रह गर्ने, जिल्ला अस्पतालमा तत्कालका लागि १० सैयाको आइसोलेसन वार्ड स्थापना गर्ने र सो अनुसारको जनशक्ति प्रवन्ध गर्न लेखी पठाउने, जिल्लास्थित सम्पूर्ण स्थानीय तहलाई कोरेना भाइरस संग सम्बन्धित सचेतनामूलक सन्देश, सुचना, जानकारी, सतर्कता सम्बन्धी तौर तरीकासहितको पर्चा, माइकिंग गर्न लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
यता कोरोना भाइरसको त्रासले रौतहटका स्थानिय तहले अन्र्तराष्ट्रिय नारी दिवश नमनाउने निर्णय गरेका छन् । आइतबार अर्थात फागुण २५ गते मनाइने अन्र्तराष्ट्रिय नारी दिबश कोरोना भाइरसको त्रास बढेपछि कुनै पनि औपचारिक कार्यक्रम नगरिने भएको हो । ११० औं अन्र्तराष्ट्रिय नारी दिबशको सम्पुर्ण तयारी पुरा भएको भएता पनि भाइरसको डरले अहिले आएर नमनाउने निर्णय गरेको माधब नारायण नगरपालिका महिला बिकाश शाखाकी अधिकृत बिन्दा कुमारी शर्माले जानकारी दिइन् । भाइरस संक्रमणलाई मध्यनजर गर्दै महिला तथा बालबालिका मन्त्रालयले समेत कुनै पनि कार्यक्रम नगर्न परिपत्र समेत गरेको हुँदा यस बर्ष यो दिवश नमनाउने निर्णय गरेको महिला अधिकृत शर्माले बताइन् ।