रौतहट, ११ पागुन । पुर्व पश्चिम राजमार्गको चन्द्रपुर नपा ४ लमहा जंगलमा प्रहरी चढेको भ्यानलाई विपरित दिशाबाट आईरहेका मालबाहक ट्रकले आईतवार विहान ५ बजेको समयमा ठक्कर दिदा चार जना प्रहरी सहायक निरीक्षक सहित ६ जना घाईते भएको छ
प्रदेश नम्वर २ को ट्राफिक कार्यालय पथलैयामा प्रहरी महानिरीक्षक ठकुर ज्ञवालीको ब्रिफ्रिंग कार्यक्रममा जिल्ला प्रहरी कार्याल रौतहटबाट ना. १ झ. १३३१ नम्वरको भ्यानलाई चन्द्रपुर नपा ४ पुर्वपश्चिम राजमार्गको लमहा जंगलमा विपरित दिशाबाट आईरहेका ना. ६ ख. ८६२५ नम्वरको मालबाहक ट्रकले पैदल यात्रुलाई बचाउने क्रममा प्रहरी भ्यानलाई ठक्कर दिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो ।
मालबाहक ट्रकको ठक्करबाट प्रहरी निरीक्षकद्धय गोविन्द यादवको टाउकोे दाहिने आँखा र मनोज सिंहको टाउको र छातीमा गम्भीर चोट लागेर अवस्था सिरियस हुँदा दुवै जनालाई नेपाल प्रहरीको काठमाण्डौ स्थित अस्पतालमा उपचार भईहरको छ भने प्रहरी सहायक निरीक्षकद्धय विश्वनाथ प्रसाद यादव, हृदयनारायण यादव र प्रहरी जवान सरोजकुमार यादव सामान्य घाईते हुँदा चन्द्रपुर अस्पतालमा उपचार पछि जिल्ला प्रहरी कार्यालय गौर आईसकेको जानकारी रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी नविनकुमार कार्कीले जानकारी दिए ।
मानसिक अवस्था ठिक नभएकी अन्दाजी बर्ष ३५ कि महिलाको अवस्था सामान्य रहेको तथा ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।