एजेन्सी // बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ ।
कम्पनीले यस स्मार्टफोनको प्रचार अभियानका लागि वेबपेज नै सुरु गरेको छ र त्यसमा फोनको मूल्य र डिजाइन लगायतका विवरण सार्वजनिक गरिएका छन् ।
कम्पनीका अनुसार यो मोबाइलको नाम जान्को टिनी टू हुनेछ र यसमा एक स्मार्टफोनमा हुने सम्पूर्ण फिचरहरु उपलब्ध हुनेछन् ।
आगामी अप्रिल देखि यो मोबाइलको बिक्रि सुरु गर्ने कम्पनीले जनाएको छ । यो फोनमा क्यामरा, भिडियो रेकर्डिङ, एमपिथ्री तथा एमपी फोर प्लेब्याक, गेम, क्यालेन्डर तथा रेडियो लगायतका फिचर उपलब्ध छन् ।