रौतहट । गढीमाई नगरपालिकामा ठेक्काको रकम जम्मा गर्ने बहानामा नक्कली बैंक ग्यारेन्टी बनाएर पेश गरेको आरोपमा एक महिना अघि पक्राउ परेका भाग्यमानी कन्ट्रक्सनका प्रोपराइटर रामानन्द साहलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि कारागारमा राख्न आदेश दिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले साह विरुद्ध लिखित किर्ते र नोटरी पब्लीक ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाउदा रौतहट जिल्लाको न्यायाधिश चाणक्यमणी अर्यालको एकल इजलाशबाट आरोपित सहित फरार रहेका ५ जना व्यक्तिहरु लिखित किर्ते कसुर गरेको भन्दै पुर्पक्षको लागि कारागारमा राख्न आदेश दिएको हो ।
किर्ते कागजातको आधारमा नक्कली बैंक ग्यारेन्टी बनाउनमा संलग्न रहेका राधेश्याम साह, प्रमोदकुमार यादव, सुरेन्द्र राय भन्ने सुरेन्द्र प्रसाद यादव र अमिन मिया फरार रहेकोमा निजहरुलाई समातर कारवाहीको दायरामा ल्याउन न्यायाधिश अर्यालको इशलाशबाट आदेश गरिएको जिल्ला अदालतले जनाएको छ । मुलकी फौजदारी २०७४ को दफा ६७ बमोजिम थुनामा राखि पुर्पक्ष गर्ने आदेश भएको तहसिलदार सुरथनाथ तिमलसिनाले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिकाले वगमती नदीबाट खोलाजन्य बस्तु निकासीको लागि बोलपत्र आहवान गर्दा उक्त कन्ट्रक्सनले ३ करोड २५ लाखमा गत भदौ २१ मा सनले ठेक्का सकार गरेर गत असोज १ गते देखि वागमती नदीबाट खोलाजन्य बस्तुको निर्वाध रुपमा निकासी गर्दै आएका थिए ।
उक्त कन्ट्रक्सनले सुरुमै ८५ लाख नगद नगरपालिकामा जम्मा गरेर अस्थायी ठेक्का लिएर खोलाजन्य बस्तुहरुको निकासी सुरु गरेपनि नगरपालिकाबाट सम्पूर्ण रकम जम्मा गर्न पटक पटक ताकेता गर्दा पुस ९ गते थप ५० लाख मात्रै जम्मा गरे । नगरपालिकाबाट पुरै रकम जम्मा गर्न नयर कार्यपालिकाको वैठकबाट एक साता भित्र जम्म गर्न लिखित रुपमा पत्राचार गर्दा कन्ट्रक्सनका प्रोपराइटर साहले राष्ट्रिय वाणिज्य वैंक गौर शाखाबाट एक करोड ६० लाखको बैक नक्कली प्रोफेसमेन्ट बोण्ड पेपर नगरपालिकामा दिएर स्थायी पटा दिन दवाव दिएको थियो ।
राष्ट्रिय वाणिज्य वैंक गौर शाखाबाट एक करोड ६० लाखको बैक प्रोफेसमेन्ट बोण्ड पेपरलाई नगरपालिकाको लेखा शाखाले अध्ययन गर्दा १० स्थानमा शंका उत्पन्न भएपछि राबा बैंक गौर शाखाले यहाँबाट कुनैपनि बैक प्रोफेसमेन्ट बोण्ड (बंैक ग्यारेन्टी) पेपर जारी नभएको अनुसन्धानबाट खुलेपछि गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर सहित नेपाल सरकार जाहेरवाल भएर आरोपितहरु विरुद्ध लिखित रुपमा इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएका थिए ।