प्लाष्टीक सर्जरी गरेर साईज बढाउन खोज्दा,स्तनै सुक्यो यी महिलाको !

1891

आजभोली शरीरका अंगहरु, अनुहार आदिको प्लाष्टिक सर्जरी गरेर राम्रो देखिने प्रवृति बढ्दो छ । तर यो कहिलेकाहीँ यति घातक हुन्छ कि मान्छेले जिन्दगीभर पश्चाताप गर्नु पर्छ ।
हालै बेलायतकी एक महिलाले टर्की पुगेर आफ्नो स्तनको ईम्लान्ट प्लाष्टीक सर्जरी गरी आफ्नो स्तनको साईज बढाउन खोज्दा अन्ततः उनको दुवै स्तन गुमेको छ ।
जारा रड्रिगेज नामकी २८ वर्षे ती महिलाले टर्कीको राजधानी स्तानबुलमा ५ हजार पाउन्ड तिरेर एक क्लिनिकमा सर्जरी गराएकी थिईन् । शायद चिकित्सकहरुले सही तरीकाले अप्रेसन नगरेकाले हुन सक्छ यसको परिणाम जाराले भोग्नु पर्यो । उनले ब्रासियर मेजरमेन्ट अनुसा स्तनको साईज ३४ सीबाट ३४ एफ बनाउन खोजेकी थिईन् । यो घटना यही अगष्ट २०१९ को हो । साथै उनले पेटमा रहेका धर्सा हटाउन पनि खर्च गरेकी थिईन् ।
करीब ७ घण्टा लगाएर गरिएको सर्जरी पछि उनी साउथ ईग्ल्याण्ड स्थित विल्टशायरमा आफ्नो घर पुगेकी थिईन् । त्यतिबेला देब्रे पटिको स्तनमा फ्लड लिक भयो र दाहिने स्तन तल झरेको अनुभव उनलाई भयो । त्यस पछि जाराले आफ्नो अवस्थाको तस्वीर ईन्सटाग्राममा पोष्ट गरिन् । अनि क्लिनिकले ईम्लान्ट दोहोर्याउने भन्यो । फेरी फिक्स गरे पछि पनि घर पुग्दा फेरी फ्लड लिक भयो । त्यस पछि त जाराको फोन क्लिनिकले उठाउन छाड्यो ।
त्यस पछि उनले नोभमेम्बर २२ मा बेलायतकै एक अस्पतालमा ईम्प्लान्ट हटाईन् । त्यस पछि उनको दुवै स्तनको तन्तुहरु पूर्ण रुपले नष्ट भयो र स्तन गुम्न पुग्यो ।
एजेन्सी