प्रेम कुमारको ‘पिपलुको छायाँ’ सार्वजनिक

1291

लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ।

बाध्यताले मायालुको साथमा नहुँदाको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ। आफनो मायालु प्रेमीको अँगालोमा आफू सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदोबाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ। गीतमा प्रेम कुमारको लय तथा शब्द सिर्जना रहेको छ।

मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन्। दिपक गिरीको छायाँकन, निशान एसकेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ। ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ।