रौतहटमा चोरी भएको मोटरसाइकल फेला, मोटरसाइकल धनीलाइ जिम्मा

92

रौतहट – रौतहट जिल्लाको गौर नगरपालिकाबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। माघ १७ गते गौर नगरपालिका वडा नं. २ बाट TVS Apache RTR कम्पनीको BR05AY6883 नम्बर प्लेट भएको मोटरसाइकल चोरी भएको थियो। खोजतलासको क्रममा, प्रहरीले माघ २३ गते गौर नगरपालिका वडा नं. ८ पुरेनवा टोलस्थित बेवारिसे अवस्थामा उक्त मोटरसाइकल फेला पार्यो।

प्रहरीले मोटरसाइकल धनी विकाश कुमार लाई जिम्मा लगाएको छ भने चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार, चोरीमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन अनुसन्धान तीव्र बनाइएको छ।