प्रादेशिक अस्पताल गौरमा बारकोड प्रिन्टर मेसिन उद्घाटन

44

रौतहट । रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा बिरामीलाई छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन बारकोड प्रिन्टर मेसिन जडान गरिएको छ। यस आधुनिक मेसिनको आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हाश्मीले उद्घाटन गरेका छन्।

बारकोड प्रिन्टर मेसिनले ल्याब परीक्षणका प्रक्रियाहरूलाई छिटोछरितो बनाउनेछ। अब बिरामीहरूले १५ मिनेटभित्र आफ्ना ब्लड टेस्ट र अन्य चेकजाँचका रिपोर्ट प्राप्त गर्न सक्नेछन्। यो मेसिनले दैनिक १२० भन्दा बढी बिरामीको परीक्षण रिपोर्ट सजिलै उपलब्ध गराउने क्षमता राख्छ।

अध्यक्ष हाश्मीका अनुसार यो मेसिनले बिरामीहरूलाई समय बचत गर्नका साथै सेवामा सरलता ल्याउनेछ। विगतमा बिरामीको नाम दर्ता र रिपोर्ट लिन समय लाग्ने भएकाले यो प्रविधिले अस्पतालको कार्यक्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा ओम प्रकाश साह मधेसीया, एमाले रौतहट सचिवालय सदस्य मिथिलेश कुमार झा , अस्पतालका कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो। यो नवीन प्रविधिले गौर अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।