रौतहटमा एक नाले बन्दुक फेला

4

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ८ बस्तीपुर बाट प्रहरीले एक नाले बन्दुक फेला परेका छन ! इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको गस्ती टोलीलाइ देखेर अपरिचित व्यक्तिले राखेको बन्दुक बाटोको छेउमा फलेर फरार भए पछि गस्ती टोलीले उक्त एकनाले बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
बरामद भएको एक नाले बन्दुक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर बन्दुक फलेर भागेका व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिएका छन !