दशैं तिहार तथा छठ रमाइलो मेलामा स्काउट नेपालको आयोजनामा निरन्तर रक्तदान कार्यक्रम

25

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको गौर राईस मिलको मैदानमा सोमबार देखि शुरू भएको दशै तिहार तथा छठ रमाइलो मेलामा सर्वसाधारणको चहल पहल बढेको छ।
दशहराको अवसरमा शुरू गर्न भनिएको मेला प्राकृतिक प्रकोप बर्षा र बाढ़ीको कारण प्रभावित भएपनि कार्तिक ५ गते देखि संञ्चालन गरिएको हो। पहिल दिन चहलपहल कम देखिएपनि तेस्रो दिन मेला हेर्नेको भीड़ बढेको पाइएको छ।
गौरको व्यापर प्रबर्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा बालबालिकाको लागि बिभिन्न किसिमको झूला , जादूगर , गुफा तथा संस्कृति कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ।
मेलाको तेस्रो दिन स्काउट नेपालको आयोजना तथा प्रादेशिक अस्पताल गौरको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको मेला समितिका संयोजक रबी मिश्राले जानकारी दिएका छन।
प्रादेशिक अस्पताल गौरमा उपचार गराउन आउने विरामीको लागि रगत आवश्यकता पर्ने गरेकोले आवशयक परेको बेला रगत सहज रुपमा उपलब्ध हुने उदेश्यले रक्तदान कार्यक्रममा गौर आँखा अस्पतालका संयोजक सत्येन्द्र पाण्डेयले आफ्नो रगत दिई अर्काको ज्यान बचाउने भन्दै ब्लड दान गरेका हुन् ।साथै मेला अवधि भरी रक्तदान संञ्चालन गराउने व्यवस्था गरिएको संयोजक मिश्राले जनाए ।
पहिलो दिन ५ जनाले रगत दान गरेका छन। भन्ने दोस्रो दिनमा ६ जनाले दान गरेका हुन्।
हिन्दूहरुको पर्व दशैको बेला संञ्चालन गर्नु पर्ने मेला बाढ़ीको कारण कार्तिक ५ गते देखि शुरू गरिएको आयोजक समिति एभरेस्टे इभेन्ट प्रा ली चितवनका संचालक राजगीर जायसवालले जानकारी गराएका छन् ।
कार्तिक २३ गते सम्म संञ्चालन हुने मेलामा विभिन्न किसिमका खेल तमासा , कलाकारहरुको प्रस्तुति , बालबालिकाहरुको लागि झूला , बैष्णो देवी ,केदारनाथ मंदिरको गुफा निर्माण गरिएको छ।
मेलामा मनोरन्जनको साथै विभिन्न किसिमका सामग्री विक्री वितरणको व्यवस्था समेत गरिएको छ।
मेलामा आउनेहरुको सुरक्षाको लागि उचित व्यवस्थापन समेत गरिएको छ भने ५ दिन सम्म निशुल्क प्रबेशको व्यवस्था गरिएको आयोजकले जनाएको हो ।