मौलापुरकी मेयर साहद्वारा ७५ परिवारलाई चेक हस्तानान्तरण

6

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘बेटी के साथ मेयर कार्यक्रम’ अन्तर्गत आज ७५ जनालाई परिवारलाई ३० हजारका दरले २२ लाख ५० हजारको अनुदान रकमको चेक हस्तानान्तरण गरेको छ । मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा आयोजित एक विशेष कार्यक्रम मार्फत चेक हस्तानान्तरण गरेकी हुन ।
मेयर साहको विशेष पहलमा उमेर पुगेकी छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने उदेश्यले मौलापुर नगरपालिकाले ‘बेटी के साथ मेयर कार्यक्रम’ विगतदेखी सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विपन्न बर्गका व्यक्तिहरु लाभान्वित भएका छन ।
छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक संकट पर्ने गरेको कारण पालिकाले गरिब तथा विपन्न वर्गका उमेर पुगेका छोरीको विवाहमा ३० हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत ७५ जना व्यक्तिले ३० हजारका दरले रकम पाएका हुन ।
मौलापुर नगरपालिका वार्ड न. १ मा ७ जना, वडा न. २ मा ६ जना, वडा न. ३ मा १५ जना, वडा न. ४ मा ७ जना, वडा न. ५ मा ७ जना ६ मा ६ जना,वडा न.७ मा १० जना,वडा न.८ मा ११ जना,वडा न.९ मा ६ जना कुल ७५ जना व्यक्तिले ३० हजारका दरले २२ लाख ५० हजारको अनुदान रकमको चेक हस्तानान्तरण गरेको छ ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनूसार ‘बेटी के साथ मेयर कार्यक्रम’ अन्तरगत अहिले सम्म ९ सय ८० जना भन्दा बढी व्यक्तिले यो सुविधा पाईसकेका छन् । यस कार्यक्रमले विवाहका लागि हरेक परिवारमा राहत महशुस हुनुका साथै सहयोग पुग्ने भएकाले आउँने दिनमा समेत यो कार्यक्रम निरन्तर रहने उनले बताए ।