दुर्गम गाउँको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन

40

रौतहट ।। रौतहट जिल्ला एउटा यस्तो गाउँ जुन वार्डमा नगरपालिका कार्यालय भए पनि त्यही वार्डको अर्को गाउँ पुग्न भारतको २ घण्टाको बाटो तय गरेर पुग्नु पर्ने बाध्यता हो तर त्यस गाउँको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन गराईन्छ ।
जिल्लाको सदरमुकाम संग जोडिएको राजदेवी नगरपालिकाको दुर्गममा रहेको वर्डा नं. ६ को सेढवा टोलको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन शुरु गरिएको छ । यति मात्र नभई प्रावि बाट सिधै मावी बनेका सेढवा मावी अहिले व्यवस्थीत एवम् जिल्लाकै गणीत प्रयोगशाला भएको दोश्रो विद्यालय बन्न सफल भएको छ ।
शुक्रवार एक कार्यक्रमका विच राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले, दुर्गम गाउँलाई सुगम बनाउने उदेश्यले गुणस्तरीय शिक्षा सुधारको लागी ८ कोठे भवन, गणीत र विज्ञान प्रयोगशाला, ६ वटा इन्ट्रयाक्टीव अर्थात अन्तरक्रियात्मक प्यानल बोर्ड सहितको भवन उदघाटण गरे संगै गाउँका नागरिकहरु उत्साहीत बनेका छन् ।
यस्ता इन्ट्रयाक्टीव अर्थात अन्तरक्रियात्मक प्यानल बोर्डले भिडियो माध्यमले शिक्षक नभएको समयमा एउटै शिक्षकले ६ वटा कक्षा संचालन गर्न सक्ने प्रविधि रहेकोले यसको पुर्ण सदुपयोग हुने मावी सेढवाका प्रधानाध्यापक नरेश प्रसाद यादवले बताए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दैै राजदेवी नगरपालिका मेयर भिखारी प्रसाद यादवले, आफुले शिक्षा, स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिकतामा राख्दै काम गरि रहेकोले नगरपालिका भित्रका शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षा अधुनिकीकरण संग जोडी रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला हुलाक कार्यलय रौतहटका हुलाक अधिकृत देवनाथ यादव, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पालिकाका कर्मचारीहरु, विद्यार्थीहरु तथा संचकर्मीहरुको उपस्थिति रहेको थियो ।