अवैध कुखुरा नष्ट

84

रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं.८ बाट प्रहरीले अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ । प्रहरी चौकी मौतिपुर नरकटिया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार दिउँसो साढे १ बजेको समयमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ८० पिस ब्रोईलर कुखुरा (अन्दाजी मूल्य रु.७५ हजार बराबरको) बरामद गरेको हो ।

मोटरसाइकल चालक भने प्रहरीलाई देखेर ब्रोईलर कुखुरा त्यही फाली मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको कुखुरा स्थानीय जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा नष्ट गरिएको हो ।