कटहरिया नगरपालिका ५ स्थित धनलक्षमी प्राबिका अध्यक्ष जैसवाललाई सम्मान

107

रौतहट २४ बैशाख। रौतहटको कटहरिया नगरपालिका ५ स्थित मा धन लक्ष्मी प्रा.बिका बिद्यालय ब्यवस्थान तदर्थ समितिका अध्यक्ष दीनानाथ जैसवाललाई सम्मान गरिएको छ।
सोमवार विद्यालयको सभाकक्षमा आयोजित एक समारोहका बिच नव गठित बिधालय ब्यवस्थापन समितिका अध्यक्ष दिनानाथ जयसवाललाई मेयर अजय प्रकाश जैसवालले दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए।
उक्त अवसरमा हालै अध्यक्षको जिम्मेदारी पाएका दीनानाथ जैसवालले बिगतमा व्यवस्थापनको अभावमा विद्यालयको अवस्था देखि पठनपाठन दयनिय बनेको थियो तर आफ्नो कार्यकालमा पूर्ण रूपमा सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।
उक्त अवसरमा कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता , नगर शिक्षा संयोजक अनिल कुमार निधि, समाजसेवी विधाशागर यादव, वडा सदस्य भगल राय यादव, राजबाबु जैसवाल, रामबरण साह,रामजीवन साह, लगायत विद्यालयका शिक्षक शिक्षिका, व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक तथा छात्रछात्राको सहभागिता रहेको थियो।