रौतहट ०३ चैत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नगर प्रमुख भिखारी प्रसाद यादवले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेको साविक गा. वि. स कटरवनको वडा कार्यालयको भवनमा संचालन रहेको प्रशासनिक भवनको आज नगर प्रमुख यादवले शिलान्यास गरेका छन् ।
वडा कार्यालयको भवन बाट सेवा दिई रहेको तर सेवा प्रवाहमा कठिनाई भोगनु परिरहेको थियो । साथै विभिन्न शाखाहरु भाडामा संचालन गर्दा आर्थिक भार समेत पालिका लाई खेपनु परिरहेको थियो । सेवा ग्राहीलाई समेत सेवा प्रदान गर्न कठिनाई भईरहेको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन् ।
पालिकाले ९ कठा १० धुर जग्गा खरिद गरी करीब ११ करोड ९४ लाखको लागतमा ४ तल्ले भवन ठेक्का मार्फत निर्माणका लागि आज विधिपूर्वक नगर प्रमुख यादव द्वरा शिलान्यास गरिएको छ । हाल रहेको प्रशासनिक भवन भन्दा २०० मिटर जति उत्तर पट्टि खरिद गरिएको जग्गामा निर्माण हुने भएको छ ।
मिति २०८०/११/२१ गतेमा पालिका संग गरेको सम्झौता गरि ठेक्का लिएका चौधरी कन्स्ट्रक्सन गौर ७ रौतहटका संचालकका अनुसार सम्झौता अनुसार मिति २०८२/११/२० भित्रमा भवनको निर्माण काम सम्पन्न हुने बताएका छन् । आज शिलान्यास भए एक दुइ दिनमै निर्माण काम सुरु हुने बताएका छन् ।
उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव , उप प्रमुख राजकुमारी शाह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, इन्जिनियर संजय पाण्डे , योजना प्रमुख पंकज मिश्रा , सूचन अधिकारी चन्द्रभुषण यादव , वडा न – ७ का वडा अध्यक्ष विजय संकर प्र. यादव, वडा न – ८ का वडा अध्यक्ष राम इश्वर यादव ,वडा न – ६ का वडा अध्यक्ष विश्वनाथ सह सहितका वडा अध्यक्ष,समाजसेवी पवन , नविन सिंह नगरपालिकाका कर्मचारी , समाजसेवी, बुद्ध्जिवी , सुरक्षाकर्मी, संचारकर्मी लगायत सर्वसधारण व्यक्तिहरु उपस्थिति रहेको थियो ।