हनुमान मन्दिर र ब्रह्मस्थान मन्दिरमा आगजनी गरेको भन्दै कार्वाही माग गर्दै : साह

210

रौतहटको ईशनाथ नगरपालिका वडा नं ५ जटहरा स्थित हनुमान मन्दिर र ब्रह्मस्थान मन्दिरमा आगजनी गरिएको छ ।

भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको थियो दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका स्थित हनुमान मन्दिर र ब्रह्मस्थान मन्दिरमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेकाे छ । सो आगजनी ईशनाथ नगरपालिका वडा नं ५ टोल जटहाराको‌ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रह्मस्थान मन्दिरमा अज्ञात ब्यक्तिले आगजनी गरेको हो ।

 

आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने नेपाली काँग्रेस पार्टिको जिल्ला सचिव रामचन्द्र गिरी र ईशनाथ नगरपालिकाको उप मेयर प्रत्यासी तथा रौतहट क्षेत्र नं २ (क) को  क्षेत्रीय सभापति लाल बिहारी साह लगायतका स्थानीय नेताहरु नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थलमा पुगेका थियौं ।

 

मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरे लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थलमा पुगेका थियौं।  छानबिन सुरु गरेको प्रवक्ता डीएसपी गिरीले जानकारी दिएकी छन् ।

नेपाली कांग्रेस पार्टीको जिल्ला सचिव रामचन्द्र गिरी र रौतहट क्षेत्र नं २ (क) को क्षेत्रीय सभापति लाल बिहारी साहले भने सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।