जनमतको बृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

203

रौतहट । रौतहटको इशनाथ नगरपालिका वार्ड न.७ जोकहामा आयोजीत पार्टी प्रवेस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

रौतहट क्षेत्र न.२ क बिधायक प्रत्याशी शेख मोहम्मद आलम उर्फ बाबू साहेबको विशिष्ट आथित्यमा आयोजीत कार्यक्रममा जनमत पार्टीमा विभिन्न दलका कार्याकर्ताहरु प्रवेश गरेका छन ।

मधेसका समस्याहरू बिस्तारै समाधान गर्दै किशानको मलखादको ब्यबस्थाप्रति आफूहरु गम्भीर भएको सहभागी बाबू साहेबले बताएका छन ।सो कार्यक्रममा सयौंको सख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन ।

जिल्ला इन्चार्ज शेख जमसैद  र राजपुर नगर  इन्चार्ज शेख फेराज अहमद र बिभिन्न जनमत पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा सयौको संख्यामा बिभिन्न पार्टी प्रत्याग गरी  जनमत पार्टीमा प्रवेश गरेका जिल्ला इन्चार्ज शेख जमसैदले बताएका छन ।