फर्जी कागजात तयार पारेर एजेन्टलाई कारवाही गर्ने चेतावनी

971

रौतहट । एलआईसी नेपाल लिमिटेड कम्पनी नै फर्जि काम गरिरहेको गम्भिर आरोप एजेन्टले लगाएको छ ।
एलआईसी नेपाल लिमिटेडका मार्केटिंग अफिसर प्रकाश उपाध्यायले फर्जी कागजात तयार पारेर एजेन्टलाई कारवाही गर्ने जस्ता चेतावनी दिएको एक नक्कली पत्रबाट बुझिएको आरोप ति एजेन्टले लगाएको हो ।
एजेन्ट सत्येन्द्र पाण्डेका अनुसार मार्केटिंग अफिसर उपाध्याय कम्पनीको लेटरप्याड र सिइओ प्रणव कुमारको हस्ताक्षरलाई स्क्यान गरी एलआईसी नेपाल लिमिटेडको गौर ब्रान्चमा मेरो नाममा कारवाही स्वरुप लेटर पठाएपछि उक्त कार्यको पोल खुलेको उनले भने ।
बाहिर बजारमा प्रिन्ट गराई स्क्यान मार्फत सिइओको हस्ताक्षर राखेर विना चलानी नम्वरको पत्र म कहाँ कारवाही स्वरुप आउदा कम्पनीकै यस्ता जिम्मेवार पदाधिकारीद्धारा कम्पनीलाई बदमान गराउदै गैरकानुनी कार्यलाई बढावा दिएको उनले भने । कम्पनीलाई पान पसल वा आफनो घरको सम्झी यस्ता कार्यहरु गरेर कम्पनीलाई बदमान गराउदै आइरहदा जिम्मेवार पदाधिकारीहरु यस प्रकरणलाई गम्भीरतापूर्वक लिनुपर्ने एजेन्ट पाण्डले माग गरे ।

विगत १९ बर्ष देखि कम्पनीमा अभिकर्ता (एजेन्ट) को ०५८२६बी००६ नम्वरको कोडबाट काम गर्दै आउदा प्रशंसा पत्र, एमडीआरटी जस्ता अवार्डबाट सम्मानित भई १८२६ जना विमाधारीको विश्वास जितेको भएपछि म जस्ता अभिकर्तालाई एक चोटी बोल्ने मौका समेत नदिई यस्ता फर्जीवाडा कागजातको आधारमा मेरो कोड र सुविधालाई निलम्बन गर्ने प्रकाश उपाध्याय जस्ता कर्मचारीकै कारण एलआइसी नेपाल लिमिटेडको साख धरापमा परेको उनले गुनासो गरे ।
यस्ता फर्जी पत्र पठाउने र कम्पनी विरुद्ध गम्भीर षड्यन्त्र गरेर बदनाम गराउनेहरु विरुद्ध कम्पनीका सिइओले निष्पक्ष रुपमा छानविन गरेर कारवाही गर्नुपर्ने कम्पनीको केन्द्रीय कार्यालयमा पठाएको निवेदनमा उल्लेख गरिएको छ ।