कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण

222

रौतहट, १२ साउन । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ ।
गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क रुपमा आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण गरिएको हो ।
गौर आँखा अस्पताल पुरेनवाका मेडिकल अधिकृत प्रज्जवल बस्नेतको नेतृत्वमा कारागारमा गएको प्राविधिक टोलीले २३० कैदीबन्दीको साथै सुरक्षाकर्मीहरुलाई निशुल्क रुपमा आँखाको परिक्षण गरिएको आँखा अस्पताल पुरेनवाले जनाएको छ । ९१ जनालाई चश्मा, १३० जनालाई औषधी र मोतिया बिन्दु भएका ९ जनालाई कारागारको समन्वयमा पछि लेन्स सहितको शैल्यक्रिया गरिने काआँखा अस्पतालका एक कर्मचारीले  जानकारी दिए ।