जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बराम गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।