प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न

223

रौतहट ।। रौतहटको सदरमुकाम गौरमा स्थित नेपाल बार एसोसिएसनको सभा हलमा प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन मंचका अध्यक्ष किशोरी यादवको अध्यक्षमा सम्पन्न भएको हो ।
सम्पन्न अधिबेशनबाट १५ सदस्यीय प्रेस मंचका नयाँ जिल्ला कार्य समिति गठन भएको छ। प्रेस मंच रौतहटका नव गठित कार्य समितिको अध्यक्षमा किशोरी यादव, उपाध्यक्षमा रश्मी पटेल, अरविन्द कुमार यादव, ओम प्रकाश यादव, राजनारायण पटेल (आर.एन), सचिव चन्दन कुमार महतो, स-सचिव श्रीकान्त यादव, दिपक कुमार साह ,र कोषाध्यक्षमा प्रेम यादव, क्रमस सदस्य भुषन सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव, सहित १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।
रौतहट प्रेस मंचका नव गठित जिल्ला कार्य समिति गठन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रौतहट साखाको पुर्व अध्यक्ष तथा प्रेस मंचका केन्द्रिय सदस्य रबिन्द्र प्रसाद साह , विशिष्ट अतिथि,जसपा केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य माननीय रामकिशोर यादव उर्फ किशोरी यादव, पुर्व राज्य मन्त्री माननीय योगेन्द्र राय यादव,जसपा केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ को नवनिर्वाचित प्रदेश सभा सदस्य माननीय शोभा देवी साह, जसपा नेपालको केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रेम मंचका मधेस प्रदेश अध्यक्ष अमरेन्द्र यादव, मधेस प्रदेशको महा सचिव बन्धना झा, लगायत जसपा मधेस प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले नव गठित कार्य समितिको उनति प्रगतिको हार्दिक मंगलमय शुभकामना दिदैं हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रेस मंच नेपाल जिल्ला कार्य समिति रौतहट लाई सबलिकरण तथा नेतृत्वदायी बनाउन हर कदम हातेमालो गरि साथ सहयोग गर्ने कार्यक्रमको बिशिष्ट अतिथि माननीय रामकिशोर यादवले प्रतिबद्धता व्यक्त गरेका छन्