गढिमाई नगरपालिकाको आठौं नगर सभा सम्पन

960

रौतहट। रौतहट जिल्लाको गढिमाई नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ ।
गढिमाई नगरपालिकाको सभाहल मा समपन्न नगर सभा को प्रमुख अतिथि नगर श्याम यादले चौतर्फी नगर को बिकासका लागि लयाएको बजेट सरहानिय रहेको ले जनता लाई चौतर्फी सेवा पुगने बताउनु भयो ।

नगरपालिकाको समृद्धिको आधार कृषि ,शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार भन्ने मुल नारा सहितको बजेट नगर प्रमुखले प्रस्तुत गर्नु भएको छ । आ.ब.२०७९÷८० को लागि विनियोजित रकम आन्तरिक आयलाई व्यवस्थित बनाउदै कृषि ,शिक्षा, स्वास्थ्य सहितको योजना प्राथमिकतामा रहेको चौतर्फी जनता लाई सेवा सुबिधा पुगने प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादबले बताएका छन्।