पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन

345

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा आन्दोलन गरेको छ। सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । 

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै आन्दोलन जारी रहने बताए । उनले थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि बताए । सरकारले गएरातिदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ। खाना  पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ ।

रातोपाटी