रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु

936

काठमाडौँ ।। रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सले आक्रमणको पहिलो दिन १ सय ३७ को मृतयु भएको बताएका हुन् । यसमा सैनिक र स्थानीय नागरिक दुवै रहेका छन् । राष्ट्रपति जेलेन्सकी आम रूपमा सेना परिचालनको आदेशसमेत दिएका छन्।

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।