नेपाल भारत मैत्री संवाद कार्यक्रम रौतहटको गौरमा सम्पन्न।

594

रौतहट ४ मंसिर ।।
मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाको आयोजनामा नेपाल भारत मैत्री संवाद कार्यक्रम सम्पन्न भएको छ। दूबै देश विच सम्वन्ध अझ बलियो बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल भारत को जनप्रतिनिधिहरू तथा संचारकर्मीहरु को बाक्लो उपश्थिति रहेको थियो।
वर्तमान अवस्थामा दूबै देशका विच समश्या तथा सामाधानका लागी आ आफ्नो स्तरबाट सकेसम्म को प्रयास गर्ने जनप्रतिनिधि हरूको भनाई थियो।
नेपाल प्रदेश नं २को कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव ले नेपाल भारत को सम्बन्ध धार्मिक, भौगोलिक, ऐतिहासीक रहेको भन्दै विशेष टिप्पणी गरेको थियो। त्यस्तै भारत मुजफ्फरपुर को लोकसभा सदस्य अजय कुमार निशादले भारत नेपालको सम्बन्ध अटूटहो यो सम्बन्ध लाई कसैले विगार्न सक्दैन भन्ने कुरा मा जोड दिनु भयो। साथै कोरोना माहामारी को कारण नेपाल भारत सिमा शिल गरियको बेला देखा परेको समस्या लाई सामाधानका लागी पहल गरेका छौ र विस्तारै सहज हूने नै छ भनी विश्वस्त पार्नू भयको थियो।
मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाको अध्यक्ष किशोरी यादव को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपालको प्रदेश नं २को ऊर्जा मन्त्री ओम सर्राफ, कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जिल्ला समन्वय समिति रौतहटको सभापती राम एकवाल यादव,ऊप सभापती राम बशिष्ट यादव, गौर नगरपालीका का ऊप मेयर श्रीमती किरण ठाकुर, जसपाको नेता अमरूल हक, जसपाको यूवा सॅघको जिल्ला अध्यक्ष कौशर खान मिथिला, जसपा दलीत सॅघको प्रदेश सदश्य तथा रौतहटको मथ्य भाग गरूडा को क्रान्तिकारी यूवा नेता राजकुमार दास, पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेम चन्द्र झा,पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, रविन्द्र प्रसाद साह,जनकपुरधाम वाट श्यामसुन्दर यादव, जनकपूर टुडे दैनिक को सन्चालक बृज यादव तथा रेडियो सन्चालक सॅघ जनकपुर को अध्यक्ष सहीत दर्जनौं नेता तथा पत्रकारहरु उपश्थित थियो।
त्यसतै भारतकोवाट सान्सद अजय निषाद, बिहार सरकारको पूर्व मंत्री देवेशचन्द्र ठाकुर, मिडिया फाॅर बोर्डर हार्मोनी को सॅसथापक अध्यक्ष एवम् दैनीक जागरण मुजफ्फरपुर को बरिष्ठ पत्रकार अमरेन्द्र तिवारी, नवेन्दू कुमार सिंह,वैरगनीयाको पूर्व मेयर खान साहब यो कार्यक्रम को शुभचिन्तक विश्वनाथ चौधरी राजदको नेता देवेन्द्र सिन्हा सहीतको नेता तथा पत्रकारहरु उपश्थिती रहेको थियो।